एनएफपिजे नेपालले बुझायो उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षणपत्र

एनएफपिजे नेपालले बुझायो उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षणपत्र

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेको छ ।

उक्त कार्यक्रममा समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

आइतबार संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले सिंहदरबारमा मन्त्री सिंहलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गराइदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बीमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रूपमा बजेट नियमित र समयअनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्दै मन्त्री सिंहले पत्रकारितामा फोटोको महत्त्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नो तर्फबाट सक्दो सहयोगको लागि पहल गर्ने बताए । 

Logo