एक युवकमाथी सांघातिक हमला, शरिरका विभिन्न भागमा गहिरो चोट

एक युवकमाथी सांघातिक हमला, शरिरका विभिन्न भागमा गहिरो चोट

केन्द्रबिन्दु
0
Shares

बाँके । बाँकेमा एक युवकमाथी खुकरी प्रहार भएको छ । खुकुरी प्रहारबाट राप्ती सोनारी ४ लटनियाका २५ वर्षीय देवेन्द्र बुढामगर गम्भीर घाइते भएका छन् । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।

शनिवार राती राप्ती सोनारी २ अगैया बजारमा उनीमाथि सांघातिक हमला भएको हो । घरबाट विदेश जान भन्दै काठमाडौं हिडेका मगरमाथि अगैया बजारमा छुरा तथा खुकुरी प्रहार भएको हो खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको विभिन्न भागमा गहिरो घाउँ भएको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार मगरको पिठ्ठयूमा गहिरो चोट लागेको छ । घटनामा संलग्न ओपेन्द्र केसी, ओपेन्द्र बुढा र भुपेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न मुख्य दोषी मदन भण्डारी, निमकान्त भण्डारी, फेमश खड्का फरार रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । उनीमाथि के कारणले हमला भएको भन्ने खुल्न सकेको छैन् ।

Logo