बेलायतमा नेपालीले पुरानो चर्च किनेर शिव मन्दिर बनाउँदैं

बेलायतमा नेपालीले पुरानो चर्च किनेर शिव मन्दिर बनाउँदैं


काठमाडौं । बेलायतमा शिव मन्दिर बनाईने भएको छ । नेपालीहरुको उल्लेख्य बसोबास रहेको बेलायतको अल्डरसटमा शिव मन्दिर बनाईने भएको हो । त्यसको लागि पुरानो चर्च भवन ३ लाख एक हजार एक सय ९० पाउण्डमा खरिद गरिएको छ ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको नेतृत्वमा नेपाली डायस्पोरा र विदेशी शुभचिन्तकबाट मन्दिर निर्माणका लागि करिब ४ करोड ३५ लाख रुपैयाँ संकलन गरिएको छ ।

अब सेन्टरका प्रोपर्टी कोअर्डिनेटर हर्क गुरुङको संयोजनमा २ हजार ६ सय ६२ स्क्वायर फिट क्षेत्रफलको उक्त भवन रिफर्बिस (मर्मत) गरी ३ महिनाभित्र शिव मन्दिर र सामुदायिक क्रियालापका लागि हल प्रयोगमा ल्याइनेछ ।

मन्दिरमा चतुर्मुखी शिवलिंग, पाञ्चायन, घण्टा, नन्दीलगायत स्थापना गरी मन्दिर प्रतिस्थापन गरिने सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिए ।

करिब २ सय जनासम्म अट्ने उक्त भवनमा नियमित पूजाआजाबाहेक शिवरात्रि, दसैंतिहार, एकादशी, सरस्वती पूजा, बुद्धपूर्णिमा, विश्वकर्मा पूजा, होलीजस्ता पर्व र बिहे व्रतबन्ध, योगादेखि आध्यात्मिक प्रवचनसम्म गरिनेछ ।

Logo