काठमाडौँ
काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश छन् ।
अनियन्त्रित गति र लापर्बाहीका कारण टिपरको ठक्करले मानिसको मृत्यु हुने क्रम बढे पनि सरकारी निकायले नियन्त्रण गर्न सकेको छैन । कतिपय उपत्यकावासीमा सडकमा टिपर आँउदा ज्यानै लिन आएजस्तो असुरक्षित महसुस हुने तथा सडक छाडेर भाग्नु नै सुरक्षित उपाय हो भन्नेसम्मको मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको गुनासो छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म उपत्यकामा टिपरको ठक्करबाट आठ जनाले ज्यान गुमाइसकेका छन् भने सयौंको संख्यामा घाइते भएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा मात्रै ६६८ वटा टिपर निरन्तर गुड्ने गर्छन् ।
गत आर्थिक वर्ष २०७४/७५ मा टिपरको ठक्करले उपत्यकामा २१ जनाको मृत्यु भएको थियो । रोडा, बालुवा, गिटीजस्ता निर्माण सामग्री ओसारपसारमा उपयोग गरिने टिपरलाई प्रहरीले समेत विशेष निगरानीमा राख्न सकेको छैन । जसका कारण पैदल यात्रु, दुईपांग्रे सवारी र चारपांग्रे सवारी समस्यामा पर्ने तथा आतंकित बन्ने गरेका छन् ।
पछिल्लोपटक १४ माघमा मोरङमा टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भयो । प्रहरीले दुर्घटनाको कारण अनियन्त्रित गति र चालकको लापर्बाही नै भएको ठहर गरेको छ । यस्ता अधिकांश दुर्घटनाको कारण भने चालकको लापर्बाही, अनियन्त्रित गतिमा सवारी चलाउने र ओभरटे हुने गरेको प्रहरी बताउँछ ।
लापर्बाहीबाट दुर्घटना भएकै कारण टिपरलाई सडकमा विभिन्न समयमा निश्चित समय मात्र आवतजावत गर्न दिइने गरिएको छ । तर यस्ता नियम भने जिल्लापिच्छे प्रशासनले तोक्ने गरे पनि दुर्घटनामा कमी आउन सकेको छैन ।
समयसमयमा टिपर सञ्चालनमा रोक नै लगाउनुपर्ने बहससमेत हुने गरेका छन् । हाल उपत्यकाका चक्रपथभित्र टिपर सञ्चालनमा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म मात्र प्रवेश अनुमति दिइएको छ । तर कतिपय टिपरले यो नियमको समेत उल्लंघन गरेको उपत्यकावासीको आरोप छ ।
राजधानीबाट





























प्रतिक्रिया