भारतको मणिपुरबाट १ सय भन्दा बढी नेपाली महिलाको उद्धार

भारतको मणिपुरबाट १ सय भन्दा बढी नेपाली महिलाको उद्धार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भारतको मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ । मणिपुरको स्थानीय प्रहरीले म्यानमार लैजान लागिएका नेपाली महिलाको शुक्रबार उद्धार गरेको जानकारी दिएको छ ।

माइती नेपालका प्रमुख विश्वराम खड्काले भारतीय प्रहरीलाई माइती नेपालले यसबारे जानकारी गराएपछि उनीहरुलाई एनजिओहरुको सहयोगमा पक्राउ गरिएको बताए ।

उनीहरु अहिले मणिपुर प्रहरीको हिरासतमा सुरक्षित रहेका छन् । खड्काले उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । उनीहरुलाई म्यानमार हुँदै इराक लग्ने तयारी भएको बताइएको छ । नियन्त्रणमा लिइएकाहरु १९ देखि ३१ वर्ष उमेरका रहेका छन् ।

भारत र म्यानमारको सिमा क्षेत्र मोरे नेपाली महिलाहरुलाई अवैध रुपमा म्यानमार लग्न व्यापक रुपमा प्रयोग हुँदै आएको छ । यहि नाका भएर गत जनवरी २९ र ३० तारिकमा मात्रै ६० नेपाली महिलालाई म्यानमार पुर्याइएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo