प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौँमा २ वटा सरकारी गाडी नियन्त्रणमा लिएको छ।
नेबिसंघले काठमाडौंको लाजिम्पाटबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढ्ने बा १ झ ९९९५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले प्रधानमन्त्री कार्यालयको गाडी नियन्त्रणमा लिएको पुष्टि गरे। उनले गाडीको चावी नियन्त्रणमा लिएको र बेलुकी ट्राफिक प्रहरीलाई बुझाउने बताए।
नेविसंघले शनिबार नै भारतीय दूतावास नजिकबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ। यस अघि शनिबार बिहान नेविसंघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ। नेविसंघले शनिबार बिहान पोखराकै मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो।
नेविसंघ डोटीले मेललेक गाउँपालिकाको उपप्रमुख सवार बा २ झ ४१८८ नम्बरको स्कोरपियो पनि नियन्त्रणमा लिए। नेविसंघले जिल्ला प्रहरी कार्यालय डोटीको बा २ प ८९२० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।





























प्रतिक्रिया