प्रहरीले आन्दोलनमा उत्रिएका डाक्टरहरुले लगाएको एप्रोन नै च्यातेपछि…

प्रहरीले आन्दोलनमा उत्रिएका डाक्टरहरुले लगाएको एप्रोन नै च्यातेपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको छ । सरकारले विगतमा गरेको सहमति विपरितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा अनसनरत डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

आन्दोलनमा उत्रिएका त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरुको जुलुस राष्ट्रपति कार्यालय सितल निवासतर्फ बढ्न थालेपछि १७ जना चिकित्सकलाई प्रहरीले गिरफ्तार गरेको हो।

प्रहरी हिरासतमा रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डे, डा विशाल अग्रवाल, डा अमित शर्मा, डा बद्री अर्याल लगायतका १७ जना चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गर्ने क्रममा प्रहरीले उनीहरुमाथि अभद्र व्यवहार गरेको पाईएको छ । प्रहरीले नियन्त्रणमा लिन खोज्दा डाक्टरहरुको एप्रोन च्यातिएको छ भने महिला प्रहरीबिना नै महिला डाक्टरहरुलाई हिरासतमा लिइएको भन्दै चिकित्सकहरुले आपत्ति जनाएका छन् ।

प्रहरीले भने नियन्त्रणमा लिने क्रममा चिकित्सकहरुले भ्यानमा बस्न आनाकानी गर्दा सामान्य बल प्रयोग गरिएको जनाएको छ । बल प्रयोग गरेर नियन्त्रणमा लिने क्रममा एप्रोन च्यात्तिएको हुन सक्ने भन्दै प्रहरीले प्रहरीले दमन नगरेको जनाएको छ ।

Logo