नागार्जुन नगरपालिका–६ स्थित डाँडापौवा सामुदायिक जंगलमा एक जना महिलाको शव फेला परेको छ।
जंगलभित्र पैँयुको रूखमा नाइलनको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा लाश फेला परेको हो। मृत अन्दाजी ४०/४५ वर्षीया महिलाको पहिचान हुन सकेको छैन। महानगरीय प्रहरी अपराध महाशाखाले महिलाले रातो रंगको सुइटर, रातो पछ्यौरा, रातोमा हरियो कालो मिक्स भएको लुङ्गी लगाएकी र कपालमा रातो रंग लगाएकी, कानमा साना साना रिंग लगाएकी महिला मृत भेटिएको जनाएको छ ।
त्यस्तै मृत महिलाको खल्तीमा चाबीको झुप्पा, थैली र जुत्तासमेत फेला परेको छ। मृत महिलाको खल्तीमा ४१ हजार १ सय ४५ रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया