काठमाडौं
नेपालभन्दा १५ हजार ४४ किलोमिटर टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एउटा वक्तव्य दिए । दाहालको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो ।
भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको र सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै आलोचना गरिएको थियो ।
दाहाल आफैं अहिले वक्तव्यको भाषामा आफूलाई फसाइएको निकट नेताहरूसँग खुलासा गर्न थालेका छन् । ‘वक्तव्यको भाषाका विषयमा कहीं न कहीं साथीहरूले मलाई फसाउनुभयो,’ दाहालको भनाइ उद्धृत गर्दै उच्च स्रोतले भन्यो ‘वक्तव्य दिनु ठिकै थियो । तर भाषामा अलि कमजोरी रह्यो । कूटनीतिक भाषा प्रयोग गर्न सकिएन ।’
स्रोतका अनुसार, दाहालले वक्तव्य दिने विषयसँग वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य बलराम बास्कोटा पनि जोडिएका थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया