काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई लगातार दोस्रो झट्का लागेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विराटनगर किङ्सले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान अनिल शाह नै आउट भएका छन् । उनी दोस्रो ओभरको अन्तिम बलमा ६ रन बनाउँदै आएका हुन् । ९ बल खेले तर, एक चौका मात्र प्रहार गर्न सकेन ।
त्यसअघि मार्की खेलाडीसमेत रहेका ओपनर आशिफ शेख शून्यमै आउट भएका थिए । आशिफले ३ बल खेले र शून्यमै आउट भएका हुन् । उनलाई क्रिस सोलले आउट गराएका हुन् ।





























प्रतिक्रिया