मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ८ निर्णय

मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ८ निर्णय

केन्द्रबिन्दु
0
Shares

गत माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न ८ वटा निर्णय गरेको छ।

बैठकका निर्णयहरु आज सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सार्वजनिक सार्वजनिक गरेका हुन्। सरकारले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै राख्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नाम सहित छुट्टै कम्पनीका रुपमा रुपान्तरण निर्णय गरेको छ । बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको  विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

यस्तै गरी बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्न निर्णय गर्नुका साथै पर्साको ठोरी र बोगटान गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

Logo