केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

ट्रिपर आतंकदेखि निर्मला प्रकरणसम्म

ट्रिपर आतंकदेखि निर्मला प्रकरणसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

राष्ट्रिय सभाबाट पनि चिकित्सा शिक्षा विधेयक’ पारित, कांग्रेसको अवरोध

राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएको छ । प्रतिपक्षीको विरोध तथा अवरोधका बाबजुत विधेयक पारित भएको हो । यसअघि शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट पनि बहुमतले पारित भएको थियो ।

निर्मलाको ‘भेजाइनल स्वाब’ सँग आमा दुर्गादेवीको डीएनए मिल्यो

निर्मला पन्तको भेजाइनल स्वाब र आमा दुर्गादेवीको रगतबाट लिइएको डिएनए प्रोफाइल म्याच भएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलाको भेजाइनल स्वाब हो कि होईन भन्ने आशंका बढेपछि आमा दुर्गादेवीको डिएनए परीक्षण गरिएको थियो ।

बालिकाको मृत्युुपछि विराटनगरमा ६ वटा टिपरमा आगजनी, निषेधाज्ञा जारी

टिपरको ठक्करबाट बालिकाको ज्यान गएपछि मोरङमा ६ वटा टिपरमाथि आगजानी गरिएको छ । मोरङको सुन्दरहरैंचाका स्थानीयले ६ वटा टिपर जनाएका हुन् । विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ कि ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । उक्त घटनापछि आक्रोसित बनेका स्थानीयले ठक्कर दिने टिपरमाथि आगो लगाएका थिए ।

११८ अर्वका करिब २ हजार ठेक्का अन्यौलग्रस्त- अख्तियार (बिस्तृत प्रतिवेदनसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११८ अर्वका एक हजार ८४८ वटा ठेक्का सम्झौताहरुको कार्य शुरु सम्झौता अवधि भित्र सम्पन्‍न नभएको जनाएको छ। पूर्वाधार विकाससंग सम्बन्धित ७ वटा मन्त्रालयसहित ८ वटा निकायहरुको ठेक्का संझौता सम्बन्धी बिशेष प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले एक हजार ३२ वटा ठेक्का सम्झौताहरुको म्याद समेत थप नभएको जनाएको छ।

अब छोराछोरीले मासिकरुपमा बाबुआमाको खातामा पैसा हाल्नु पर्ने

सरकारले ज्येष्ठ नागरिकमैत्री ऐन ल्याउन लागिएको छ । पछिल्लो समय बृद्धबृद्धा बाबुआमालाई वेवास्ता गर्ने तथा घर निकाला गर्ने प्रवृति बढेपछि सरकारले जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गरी विधेयक दर्ता गरेको हो ।

पानी मरुवा !

चलचित्र ‘गीत गजल’ को गीत ‘छ कि छैन् थाहा’को छायांकन गोवामा

पार्टीमा अराजकता मौलाएको प्रति प्रवक्ता नारायणकाजीको चिन्ता

प्रचण्डको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा

कर्मचारी अध्यादेशलाई विधेयक बनाउने तयारी

मेलम्ची आयोजनाको ठेक्का माघ २० गते रद्द हुने

काठमाडौँको सडक अब ब्रुमरले बढार्ने, ‘मेयर उज्यालो कार्यक्रम’ संचालनमा

१३ महिनादेखि ‘स्मार्ट लाइसेन्स’को पर्खाइमा ३ लाख चालक

माघ १६ गते सार्वजनिक विदा

के छ मिलन नेवार (अमात्य) को चौथो एल्बममा ? (भिडियोमा)

चिर्पट प्रहार गरेर कञ्चनपुरमा १ जनाको हत्या, शव अभियुक्तकै घरमा राखेर धर्ना

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

चिकित्सकहरुको रिले अनशन सुरु

पहिरोले होटेल बगायो : १५ जनाको मृत्य, ३४ घाइते

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo