अबदेखि बाबुआमाको खातामा पैसा जम्मा नगर्ने छोराछोरी कारबाहीमा

अबदेखि बाबुआमाको खातामा पैसा जम्मा नगर्ने छोराछोरी कारबाहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

छोराछोरीले अब आफूले पाएको तलबको निश्चित प्रतिशत रकम बाबुआमाको नामको खातामा जम्मा गरिदिनुपर्ने भएको छ । संसद् सचिवालयमा दर्ता भई प्रक्रियामा अघि बढेको ज्येष्ठ नागरिक सम्बन्धी ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक, ०७५ मा उक्त कुरा उल्लेख छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाका अनुसार नेपालको संविधानको धारा ४१ मा उल्लिखित ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था अनुसार उक्त विधेयक ल्याइएको हो ।

उक्त विधेयकमा स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वाहकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला तथा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

बाबुआमासँगै बसेका भए बाबुआमाको संयुक्त खाता र भिन्नभिन्नै भए पालनपोषण वा हेरचाह गर्नेको नामको खातामा जम्मा गर्नुपर्नेछ । यो ऐन प्रारम्भ भएको १५ दिनभित्र रकम जम्मा गर्नु पर्नेछ । नपर्ने भए स्थानीय तहमा लिखित जानकारी गराई आफू कार्यरत निकाय र स्थानीय तहलाई पनि थाहा दिनुपर्नेछ ।
नेपाल समाचारपत्रबाट

Logo