बुटवल
प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा टिप्पर र ट्रकको लागि टाईम कार्ड लागु गरिएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आईतबार देखि टाईम कार्ड लागु गरेको हो ।
टिप्पर र ट्रक सवारी साधनहरुका कारण सडक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले टाईम कार्डलाई अनिवार्य गराएको हो ।
निश्चित समय र स्प्रीडमा मात्र टिप्पर र ट्रकहरुलाई सडकमा गुड्न दिने गरी टाईम कार्ड अनिवार्य गराईएको प्रदेश ट्राफिकप्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउनु भयो ।
रुपन्देहीको सिद्धवावाबाट आउने जाने टिप्पर र ट्रकले अनिवार्य टाईम कार्ड लिनुपर्ने र टाईम कार्ड नभए कानुन अनुसार कारवाही गरिने प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताउनु भयो । टाईम कार्ड अनुसार अब सडकमा टिप्पर र ट्रक गुडाउँदा प्रतिघण्टा ३० किमीको स्प्रीड भन्दा बढी स्प्रीडमा गुडाउन पाईने छैन, भने चालकले तोकेको स्थानमा अनिवार्य टाईम कार्ड देखाई इन्ट्री गर्नुपर्नेछ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया