चट्टान खस्दा दुई जना गोठालासहित दुई सय भेडा पुरिए

चट्टान खस्दा दुई जना गोठालासहित दुई सय भेडा पुरिए

केन्द्रबिन्दु
0
Shares

धादिङ

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा पहिरो खस्दा दुई गोठालासहित दुई सय ६० भन्दा बढी भेडा पुरिएका छन् । गाउँपालिका केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा दुई जना गोठाला र दुई सय बढी भेडा छोपिएको स्थानीयले बताएका छन् ।

प्रदेश ३ का प्रदेशसभा सदस्य जगत सिंखडाका अनुसार १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नर्बु तामाङ बेपत्ता भएका हुन् ।

शुक्रबारदेखि हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भएको थियो । हिमपातबाट बचाउनका लागि ओढारमा भेडाबाख्रा राखेका बेला ओढार भासिएको हुनसक्ने अनुमान गरिएको छ ।

हेलिकप्टर मार्फत घटनास्थल पुगेर फर्किएका सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकालले जानकारी दिए । ओढारको मुखमा ठूलाठूला चट्टानसहितको सुख्खा ढुंगा खसेको ढकालले बताए । पहिरोसँगै खसेको चट्टानले केही भेडा च्यापिएको अवस्थामा फेला परेका छन् ।

गोठाला सम्पर्क बिहिन बनेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । गोठाला पहिरोमा पुरिएको खबर पाउने बित्तिकै जिल्ला सदरमुकामबाट सहायक प्रमुख जिल्ला अधिकारी ढकाल, प्रदेश सांसद सिंखडा, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, गाउँपालिका प्रमुख चेरोङ तामाङ हेलिकप्टरमार्फत् घटनास्थल पुगेका थिए ।
अन्नपूर्णबाट

Logo