प्रचण्ड पत्नी सिताको स्वास्थ्यमा सुधार

प्रचण्ड पत्नी सिताको स्वास्थ्यमा सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहनुभएको उहाँको स्वास्थ्यमा सुधार आएको दाहालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आइतबार दिउँसोदेखि उहाँलाई सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक डा अशोक शर्माका अनुसार सामान्य कक्षमा २४ घण्टा निगरानी पश्चात् उहाँलाई घर फर्काउन सकिनेछ ।
रासस

Skip This
Skip This
Logo