विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाइएको छ ।
काँग्रेसको भातृ संगठन नेविसंघकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष अगाडि कालो झण्डा देखाएको हो ।
कालो झण्डा देखाउने कार्यमा संलग्न ४ नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट नेताहरु निरञ्जन थापा, सुवास घिमिरे सुदीप अधिकारी रहेका छन् ।
उनीहरुले प्रतिपक्षी दलको विरोधका बाबजुत पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको जनाइएको छ । डावोस सहरमा हुने बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली गत आइतबार त्यसतर्फ गएका थिए ।





























प्रतिक्रिया