धनुषा
धनुषामा जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह हुँदा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
धनुषाका एसपी गोविन्द थपलीयाका अनुसार दुर्घटनामा अन्य १९ बढी घाइते भएका छन् । ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो । घटनामा शुरुमा ९ जनाको मृत्यु भएको भनिए पनि ७ जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया