जब ढाड दुख्दा आफ्नै वीर्यको सुई लगाए

जब ढाड दुख्दा आफ्नै वीर्यको सुई लगाए

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । ढाड दुखेमा के गरिन्छ ? त्यो त सबैले थाहा भएकै कुरा हो, डाक्टर कहाँ गएर उपचार गरिन्छ । तर एक यस्ता अनौठा व्यक्ति फेला परे जसले ढाड दुख्दा आफ्नै बीर्यको सुई लगाए । ३३ वर्षका ति युवकले ढाड दुख्दा १८ महिनादेखि विर्यको सुई लगाउदैं आएको रहस्य खुलेको हो ।

आयरल्याण्डको डब्लिनस्थि टालघाट विश्वविद्यालय अस्पतालमा ढाड दुख्ने तथा हात सुन्निएको समस्याका कारण ति युवक उपचारका लागि भर्ना भए ।

ती युवकले ढाड दुखाईको उपचारका रुपमा आफ्नो विर्य प्रयोग गर्ने गर्दा त्यस्तो अवस्था आएको चिकित्सकहरुले बताए । उनले पाखुरामा सुई लगाएर सुईमार्फत आफ्नै विर्य सरीरमा दिँदा रहेछन् ।

उनले पाखुरामा विर्यको सुई दिएको ठाउँमा ठूलो गाँठो परेको थियो भने पाखुरा सुन्निएको थियो । विर्यको सुईले ढाड दुख्न कम हुने त कुरै भएन उल्टै हात सुन्निएर डरलाग्दो बनेको थियो ।

Logo