कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ महिना भएको छ ।
गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अबस्थामा उखुबारीमा शव फेला परेको थियो। ६ महिना पुरा भैसक्दा समेत अपराधी पत्ता लाग्न सकेको छैन।
यसबीचमा घटनाको अनुसन्धानका लागि सिआइबीका ३ र एसपि दुर्गा सिंह नेतृत्वको टोलीसहित आधा दर्जन टोलीले अनुसन्धान गरिसके तर ठोस उपलब्धि भने शून्यजस्तै छ । अनुसन्धानका लागि अन्य कुनै प्रमाण फेला पार्न नसकेको प्रहरीले पछिल्लो समय डीएनए परीक्षणलाई अनुसन्धानको सूत्र बनाएको छ ।
अनुसन्धानमा लापरबाही गरेको भन्दै निर्मलाकी आमा दुर्गादेवि पन्तले एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध उजुरी दिएको एक पनि महिना बितिसकेको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश भएपछि पनि मुद्दा अगाडि बढ्ने नबढ्ने बारे बताउन नसकिने प्रहरीको भनाई छ ।





























प्रतिक्रिया