पोखरा
नेपाल र भारतबीच ‘इनर्जी बैकिङ’ संयन्त्र स्थापना गर्न बिहीबार पोखरामा सहमति भएको छ । नेपालको बर्खायामको बिजुली भारतलाई दिने र हिउँदयाममा उताबाट ल्याउन सहमति जुटेको हो । पोखरामा बुधबारदेखि सुरु भएको दुवै देशको ऊर्जा बैठकको प्रमुख एजेन्डाको रूपमा रहेको इनर्जी बैकिङमा सहमति जुटेको नेपाली पक्षको नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरले बताए ।
गत पुसको दोस्रो साता नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार गरेको इनर्जी बैकिङ सम्बन्धी प्रस्तावलाई पोखरमा भएको सचिवस्तरीय बैठकले अनुमोदन गरेको घिमिरले बैठकपछि सञ्चारकर्मीलाई बताए । ‘अब इनर्जी बैकिङको बाटो खुलेको छ,’ सचिव घिमिरले भने, ‘यो किन जरुरी थियो भने हाम्रा उत्पादन लागतभन्दा बढीमा बेच्न नसकिने अवस्थामा आदानप्रदान हुँदा ऊर्जाको मूल्यलाई यो पद्धतिले सम्बोधन गरेको छ ।’
नेपाल र भारतको माग तथा आपूर्तिको प्रकृतिले दुवै देशलाई इनर्जी बैकिङमा जान प्रेरित गरेको पनि उनले बताए । नेपालमा सुख्खायाममा बिजुलीको माग धेरै हुने तर उत्पादन एक तिहाई मात्र हुने प्रकृति छ । त्यस्तै भारतमा बर्खायाममा माग अत्यधिक हुने तर हिउँदयाममा माग घट्ने भएकाले उसले नेपालको माग सम्बोधन गर्न सक्ने प्रकृति छ । ‘यो प्रकृतिलाई सदुपयोग गर्न वर्षामा बढी भएको ऊर्जा दिन्छौं र सुख्खामा लिन्छौं ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया