काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन् ।
बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको र अब पछि हट्नुको विकल्प नरहेको बताए ।
‘किनभने उहाँले उठाउनु भएको सबै माग विद्येयकमा समावेश भैसकेका छन् । उहाँले उठाउँदै आएका मुद्दा पनि यसमा आएका छन् । अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु । पख तिमीहरुलाई भन्नुभएको छ । त्यो हो भने बेग्लै कुरा हो’, उनले भने ।
उनले संसदमा कांग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजय गच्छदारले बोलेको कुराप्रति आपत्ति जनाए । सेनामा समायोजन भएका माओवादी लडाकुलाई फिर्ता लैजाउ भन्नु गम्भीर कुरा भएको उनको भनाई छ ।
नागरिकबाट





























प्रतिक्रिया