चन्दागिरीमा हिउँ, तन्नेरीले यसरी तताए जिउ (भिडियोसहित)

चन्दागिरीमा हिउँ, तन्नेरीले यसरी तताए जिउ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा वर्षा भईरहेको छ । वर्षासँगै उच्च पहाडमा हिउँ पनि परिरहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको भने तराईका केही भागमा असिना पानी परेको छ ।

काठमाडौं उपत्यकाका पहाडमा हिउँ परेपछि, थुप्रै उपत्यकाबासी हिउँ खेल्न, हेर्न जान लालायित भए । आसपासका फुलचोकी, चम्पादेवी, नगरकोटलगायतका पहाडमा हिउँ हेर्न र खेल्न पर्यटकहरु जाने गर्छन् । काठमाडौंको चन्दागिरि पनि हिउँ हेर्न, खेल्न जाने उपत्यकाबासीका लागि राम्रो गन्तब्य बनेको छ।

पछिल्लो समय पयर्टकीय गन्तव्य मानिएको चन्दागिरीमा युवा युवतीहरु हिउँमा निकै आनन्द लिए । चन्दागिरीमा रहेको भालेश्वर मन्दिर क्षेत्रमा हिउँमा रमाउनेहरुको संख्या उल्लेख्य थियो ।

हिउँमा रम्ने युवायुवतीहरु हिउँमा रम्न पाउँदा निकै रमाईलो लागेको प्रतिक्रिया दिन्छन् । उनीहरु मध्ये कोहीले त पहिलो पटक हिउँ खेलेको अनुभव पनि सुनाए । बुधबार केन्द्रबिन्दुकर्मीहरु चन्द्रागिरी पुग्दा तन्नेरीहरु निकै रमाईरहेका थिए ।

मंगलबार रातभरी पानीसँगै हिँउ परेपछि सबै युवाहरुको हिउँमा रम्ने योजना बनाएका थिए । सोही योजना अनुसार उनीहरु चन्द्रागिरी गएका थिए । हिउँ पर्दा एकदमै चिसो बढेको थियो । तर तन्नेरीहरु यस्तो हिउँदको महिनामा पनि चिसोका प्रवाह नगरी हिउँ खेले र भरपुर आनन्द लिए ।

हिउँ प्रेमी युवायुवती र बालबालिका हिमालतिर लागेर हिँउको मज्जा लिए । गत वर्ष पनि हिँउले ढाकेको चन्द्रागिरीमा हिँउ खेल्नेहरुको बाक्लो भिड लागेको थियो ।

हिँउ खेलिरहेको दृश्य आफैमा रोचक थियो । कोही हिउँका डल्ला समात्‍ने रहरले कतिलाई लडायो तर ज्यानको बाजी लगाएर भएपनि उनीहरु रमाइरहे अवेरसम्म । उनीहरुले एक आपसमा हिउँका डल्लाले हानाहान समेत गरे ।

एकातिर हिउँ आफैंमा अत्यन्तै चिसो । अर्कोतिर यस्तो चिसो मौसम हिउँको डल्लाले हानेर शरिरभित्र पस्यो भने के होला ? एकछिन त असह्य नै होला । तर पनि युवा युवतीदेखि बालबालिकासम्म रमाईरहे । थप तलको भिडियोमाः

Logo