पानीमुनिबाट पक्राउ परे नेपाली युवती तस्करी गर्ने खुंखार तस्कर लोप्साङ

पानीमुनिबाट पक्राउ परे नेपाली युवती तस्करी गर्ने खुंखार तस्कर लोप्साङ


काठमाडौं । नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामा पक्राउ परेका छन् । नयाँ दिल्ली प्रहरीले उनलाई पानीमुनिबाट नियन्त्रणमा लिएको हो ।

दिल्लीको वजिराबाद बस्ने ओखलढुङगाका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी पक्राउ गरेको हो।

प्रहरीले आफ्नो पिछा गरिरहेको थाहा पाएपछि लोप्साङले यमुना नदीमा हाम फालेका थिए । प्रहरीले नदीमै हाम फालेर उनलाई नियन्त्रणमा लिएको हो । दिल्ली प्रहरीले नेपाली राहदानीबाहक लामालाई पक्राउ गर्नेका लागि एक लाख भारतीय रूपैयाँ पुरस्कार घोषणा समेत गरेको थियो।

बौद्ध गुम्बामा प्रार्थना गरेर फर्किरहेको सूचना पाएपछि प्रहरीले चारैतिरबाट घेरा हालेको थियो। प्रहरीले आत्मसपर्मण गर्न आह्वान गर्यो तर उनी यमुना नदीमा हाम्फालेर भाग्न खोजे। तीन प्रहरीले नदीमै हाम्फालेर उनलाई पक्राउ गरेको विशेष सेलका डिसिपी सञ्जीवकुमार यादवले जानकारी दिए ।

दलालमार्फत नेपाली युवती भारत पुर्याउने र उनीहरूलाई भारतका विभिन्न सहरहरुबाट खाडी र अफ्रिका पठाउने कार्यमा संलग्न लामालाई नेपाल र भारतीय दुवै प्रहरीले खोजिरहेको थियो ।

लामा ८ साउन २०७५ मा उद्दार गरिएका १६ नेपाली युवतीले पहिचान गरेका आरोपी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत साउनमा दिल्ली महिला आयोगले भारतको राजधानी नयाँ दिल्लीको मुनिरका क्षेत्रबाट १६ नेपाली युवतीको उद्धार गरेको थियो।

Logo