मरेरै सकिए रानीपोखरीका जुँगे माछा

मरेरै सकिए रानीपोखरीका जुँगे माछा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रानीपोखरीका सबै माछा मरेरै सकिएका छन् । त्यहाँ पाइने जुँगेमाछाको इतिहास पनि सधैंका लागि मेटिएको छ ।

रानीपोखरी पुनर्निर्माणका क्रममा कमलपोखरीमा सारिएका ती माछा करिब २ वर्षपछि मरेर सकिएका हुन् । यी माछा मरेसँगै रानीपोखरीका माछाको पुरानो इतिहास नै मेटिएको छ । विज्ञका अनुसार हिलोमा बस्न रुचाउने जुँगेमाछाको आहारा साना माछा थिए । ती माछा मरेपछि आहारा नपाएर जुँगेमाछा पनि मरेको हो ।

रानीपोखरीलाई सुन्दर बनाउने क्रममा त्यहाँका करिब १० हजार माछा कमलपोखरीमा सारिएको थियो । करिब एक वर्ष अघिदेखि माछा मर्न थालेपछि पानी थपेर बचाइएको थियो । तर यो वर्ष पनि लगातार मर्न थालेपछि काठमाडौं महानगरपालिका–१ को कमलपोखरी स्पोर्टस् क्लबले सबै माछा हटाएको हो । ‘आज बुधबारसम्म सबै माछा हटाएर पोखरी खाली गर्नेछौं ।’ –क्लबका अध्यक्ष भीम मैनालीले भन्नुभयो । क्लबले सर्लाहीबाट जाल हालेर माछा समात्ने टोलीको सहयोगमा सबै माछा समात्न थालेको छ ।

कामपा वातावरण विभागले मरेका करिब ७ हजार माछा व्यवस्थापन गरिसकेको र बाँकी व्यवस्थापन गर्ने अध्यक्ष मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार मरेको माछा व्यवस्थापन गर्न र माछा पक्रनेलाई खाना र खाजाको व्यवस्था गर्न करिब १ लाख ७५ हजार रुपैयाँ खर्च भइसकेको छ ।
नेपाल समाचारपत्रबाट

Logo