गोंगबुमा होटलभित्रै गोली चल्यो, एक जना घाइते

गोंगबुमा होटलभित्रै गोली चल्यो, एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा गोंगबुको होटल लक प्रालिको रुम नम्बर १०२ मा बसेका काभ्रे घर भएका अभिलाश तामाङलाई पक्राउ गर्न जाँदा गोली चलेको हो ।

प्रहरीले चलाएको गोली तामाङको खुट्टामा लागेको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । तामाङलाई पक्राउ गर्न हनुमानढोकाबाट प्रहरीको टोली खटिएको थियो ।

गोली प्रहार गरेर तामाङलाई पक्राउ गर्न सफल भएको हो । तामाङको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

Logo