बलिउडका टप ७ महंगा ‘आइटम गर्ल्स’

बलिउडका टप ७ महंगा ‘आइटम गर्ल्स’


बलिउड फिल्मलाई लोकप्रिय बनाउने एउटा फर्मुला नै बन्न पुगेको छ ‘आइटम सङ’ । त्यसो त हरेक फिल्ममा आइटम सङ अनिवार्य जस्तै बन्न पुगेको छ । बलिउड इन्डस्ट्रीका करिना कपूरदेखि दीपिका पादुकोण सम्मका अभिनेत्रीहरुले आइटम गर्लको पहिचान बनाएका छन् । यसले पनि बलिउड जगतमा ‘आइटम सङ’ को महत्व छर्लङ पार्छ । अहिले कुन आइटम गर्लको पारिश्रमिक कति छ ? आज हामी तिनै आइटम गर्लहरुको चर्चा गर्दैछौ ।

१) सन्नी लियोनी 

बलिउडमा सबैभन्दा बढी डिमान्ड हुने र सर्वाधिक चर्चामा आउने गरेकी अभिनेत्री हुन् सन्नी लियोनी । किङ खान शाहरुख खान अभिनित फिल्म ‘रईस’ मा पनि सन्नीले आइटम डान्स गरेकी छिन् । उनी एउटा आइटम सङमा डान्स गरेवापत ४ देखि ५ करोड रुपैंया पारिश्रमिक लिन्छिन् ।

२) प्रियंका चोपडा

बलिउड देशी गर्ल पिंयंका चोपडाको ‘ए ग्रेड’ को फिल्महरुमा मात्र आइटम सङ गर्न रुचाउँछिन् । उनी एउटा आइटम सङ गरेको करिब ३ देखि ४ करोडसम्म लिने गर्छिन् ।

३) कट्रिना कैफ 

कट्रिनाले ‘चिकनी चमेली’, ‘शिलाकी जवानी’ लगायतका हिट आइटम सङहरु गरिसकेकी छन् । जसलाई दर्शकहरुले निकै रुचाए । उनी एउटा आइटम सङ गरे बापत ३ करोड पारिश्रमिक लिने गर्छिन् । कट्रिनाले चिनजानका व्यक्तिको लागि मात्र आइटम सङ गर्ने गरेको बताईन्छ ।

४) दीपिका पादुकोण 

कट्रिना जस्तै दीपिकाले पनि आफ्नो चिनजानको साथी, निर्माता, निर्देशक र हिरोहरुको लागि मात्र आइटम सङ गर्ने गरेकी छन् । दीपिकाले एउटा आइटम सङ गरेको करिब ३ करोड रुपैंया लिँदै आएकी छिन् ।

५) ज्याकलिन फर्नाडिस 

अभिनेत्री ज्याकलिन फर्नाडिसले फिल्म ‘बागी २’ मा ‘एक दो तीन’ बोलको आइटम सङ गरिन् तर त्यो गीतलाई दर्शकले रुचाएनन् । उनी आइटम सङ गरेको २ करोड रुपैँया लिने गर्छिन् ।

६) मलाइका अरोरा 

 

मलाइकाले ‘मुन्नी बदनाम हुई’ लगायतका आइटम सङ गरे पनि अहिले भने उनी यस्ता डान्सिङ नम्बर गर्न कुनै रुचि देखाउदिनन् । उनी एउटा आइटम सङ गरेको करिब २ करोड पारिश्रमिक लिने गर्छिन् ।

७) उर्वशी रौटेला 

बलिउड फिल्म इन्डस्ट्रीमा सबै भन्दा कम पारिश्रमिक लिने अभिनेत्री हुन् उर्वशी रौटेला । उनको डान्सिङ नम्बर रहेको गीत ‘सारा जमाना’ निकै हिट भएको थियो । उर्वसी एउटा आइटम सङ गरेको ५० लाख मात्र पारिश्रमिक लिदै आएकी छन् ।

Logo