अस्वस्थकर मासु खुलेयाम बिक्री, अनुगमन शून्य

अस्वस्थकर मासु खुलेयाम बिक्री, अनुगमन शून्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मुलुकभर अस्वस्थकर मासु बिक्री हुने गरेको जनगुनासो बढे पनि अनुगमनको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने कानमा तेल हालेर बस्दै आएको छ ।

जनस्वास्थ्य, उपभोक्ता ठगी लगायतका विषयमा गम्भीर हुनुपर्ने सो निकायले दसैंयता कतै पनि अनुगमन नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

विभागको गैरजिम्मेवारीकै कारण पछिल्लो समयमा उपभोक्ता अस्वस्थकर मासु खान्न बाध्य छन् । विभागले अनुगमन नगर्दा व्यापारीको मनोबल भने बढेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती अधिकार प्रत्यायोजनका लागि संरचनाहरू मिलाउन लाग्दा त्यसको असर अनुगमनमा पर्न गएको बताउँछन् । पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन नहुँदा अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाउन नसकिएको उनको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना दसैंपछि विभागले अनुगमन नै नगरेको बताउँछन् । ‘विभागले बेलाबेलामा अनुगमन गर्नुपर्छ । अनुगमन गर्दा व्यवसायीहरूमा उपभोक्तालाई स्वस्थकर मासु बिक्री गर्नुपर्छ भन्ने बोध हुन्छ,’ अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘तर, दसैंपछि अनुगमन नै हुन सकेको छैन ।’
राजधानीबाट

Logo