काठमाडौँ
मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई नेपाल फर्कन अन्तिम मौका दिइएको छ । नेपाल छोडेको महिना दिनसम्म नआएपछि आयोजनाको आइतबार बसेको बैठकले अन्तिम सन्देश पठाएको हो ।
आयोजनाले ठेकेदारलाई फर्काउन १४ दिनको भाका राखेर सन्देश पठाएको आयोजना स्रोतको भनाई छ । स्रोतका अनुसार उक्त सन्देशमा १४ दिनभित्र ठेकेदार नेपाल नफर्केमा ठेक्का सम्झौता रद्द गर्न बाध्य हुने उल्लेख छ । ठेकेदार कम्पनीका लागि यो अन्तिम मौका हुने बताउँदै आयोजनाका एक अधिकारीले भने–‘हामी ठेकेदारलाई पर्खेको पर्खै छौँ । आउने अझै निश्चित छैन । यो उसका लागि अन्तिम मौका हो ।’
इटालियन ठेकेदार कम्पनी सीएमसी दी रिभेन्ना वित्तीय संकटमा परेपछि उसका कर्मचारीहरु आयोजनाको काम छोडेर हिँडेका थिए । अंग्रेजी नयाँ वर्ष मान्न जाने बहानामा देश छोड्न लागेको भन्दै कम्पनीका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रे लगायत ८ जनाको आयोजनाले प्रहरीको सहयोगमा राहदानी खोसेको थियो ।
त्यसपछि नयाँ वर्ष मनाएर फर्किने भन्दै सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका थिए । त्यसयता उनीहरुले फर्किने भनेको दिनमा नआई उल्टै अनेक थरीको माग अघि सार्दै आईरहेका छन् ।
ठेक्क रद्दसँगै सेक्युरिटी बापतको २ अर्व १६ करोड, ३८ करोड धरौटी ५५ करोड काम गरेको र दावी रकम पनि ठेकेदार कम्पनीले नपाउने भएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया