देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ ।
यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पास गर्नुपर्ने मागसहित अनशनरत विजय थापाको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन भएको छ । स्वतन्त्र युवाहरुले थापाको समर्थनमा त्रिवि शिक्षण अस्पताल परिसरमा प्रर्दशन गरेका हुन् ।
नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दिपक खनालले कफीको गुणस्तर वृद्धि गर्न र अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन गर्न लागिएको जानकारी दिएका हुन् ।
चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले आफुले गरेको प्रतिवद्धता अनुसार काम नगर्दा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा समस्या आएको बताएका छन् । आईतबार राजधानीमा आयोजित व्यापार र लगानी सम्बन्धी अन्तरक्रियामा अध्यक्ष श्रेष्ठले सरकारले नेपालमा चिनिया बैँक स्थापना गर्ने प्रतिवद्धता जाहेर गरेपनि अहिले सम्म हुन नसकेको बताएका हुन् ।
विगत ३ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचारत डा. गोविन्द केसीलाई नर्मल वार्डमा सारिएको छ । केसी आफैले आइसियूबाट वार्डमा सार्न चिकित्सकहरुलाई अनुरोध गरेपछि उनलाई सारिएको हो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले एक वर्ष भित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न आफूले छुट्टै किसान विश्वविद्यालय र किसान आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गरेका छन् । तर, उक्त प्रस्तावलाई विपक्षी डेमोक्र्याट पार्टीले ठाडै अस्वीकार गरेको छ ।
जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको उपचारको क्रममा मृत्यु भएको हो । उनको आइतबार बिहान भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
नेपालको नक्साको गलत प्रयोग हुन थालेपछि नापी विभागको ध्यानाकर्षण भएको छ । विभिन्न सञ्चार माध्यमहरुमा नेपालको गलत नक्सा प्रकाशन तथा प्रशारण हुने क्रम नरोकिएको भन्दै नापी विभागले सबैलाई सचेत गराएको हो ।
फिल्म केदारनाथबाट बलिउडमा धमकेदार इन्ट्री गरेकी अभिनेत्री सारा अलि खान र उनकी आमा अमृता सिंहलाई धम्की आएको छ । भूमाफीयाहरुले धम्की दिएको भन्दै उनीहरुले देहरादुन प्रहरीमा जमिन सुरक्षाको लागि लिखित निवेदन दिएका छन् । अमृताको मामाको करोडौं पर्ने जमिन छ ।
नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियाननै संचालन गर्ने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियाननै संचालन गर्ने घोषणा गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को घरमा अदालतले म्याद टासेको छ । रुपन्देही जिल्ला अदालतले १५ दिनभित्र उपस्थित हुन भन्दै शनिबार विप्लवको कपिलवस्तुको घरमा १५ दिने म्याद टाँसेको हो ।
मन्त्रीको हातबाट कुटाई खाएका एक सचिवले मध्यरातमा अर्को थप्पड खाएको बयान दिएका छन् । पुस २९ गते प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवबाट कुटाई खाएका वत तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले मध्यरातमा अर्को थप्पड खाएको प्रतिक्रिया दिएका हुन् ।
नेपालकै पवित्र तिर्थस्थल देवघाटधाममा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम एक ऐतिहासिक मन्दिर हो । उक्त मन्दिर पाल्पाका राजा मणि मुकुन्द सेनको पालामा निर्माण भएको हो भन्ने किंवदन्ती पाईन्छ । पाल्पाका राजा मणि मुकुन्दसेनले पुर्वेली राज्यहरु जित्दै सिन्धुलीगढी सम्म पुगेपछि उनले तनहुँ जिल्लाको देवघाटमा आएर तपस्या गर्न थालेका थिए ।
मलेसियामा एक नेपालीको हत्या गरिएको छ । राजधानी केपोङ्गमा एउटै कम्पनीमा कार्यरत म्यानमार र नेपाली कामदारबीच विवाद हुँदा छुरा प्रहारबाट एक नेपालीको मृत्यु भएको हो । घटनामा अर्का एक नेपाली गम्भीर घाइते भएका छन् ।
निर्मला पन्त हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएाके भन्दै सुरक्षाको माग गर्दै काठमाडौं आएका हुन् ।
प्रतिक्रिया