क्रिसमस मनाउन गएको इटालियन ठेकेदार नफर्किएपछि मेलम्ची ठेक्का रद्द

क्रिसमस मनाउन गएको इटालियन ठेकेदार नफर्किएपछि मेलम्ची ठेक्का रद्द


काठमाडौं । सरकार मेलम्ची खानेपानी आयोजनाको प्रमुख ठेकेदार कम्पनीसँगको ठेक्का रद्दको प्रक्रिया सुरु गरेको छ । असुरक्षाको कारण देखाउँदै काममा फर्कन नमानेपछि सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनीसँगको ठेक्का रद्द प्रक्रिया अगाडि बढाएको हो ।

मेलम्ची खानेपानी बोर्डले आइतबार ठेकेदारलाई १४ दिने सूचना जारी गरेको छ । ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि ‘बाध्य भएर’ ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गर्नुपरेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । अब १४ दिनसम्म पनि ठेकेदार सम्पर्कमा आएन भने स्वतः ठेक्का रद्द हुनेछ ।

ठेकेदारले सरकारी कर्मचारीले आफूहरुलाई बन्दी बनाउने, धरपकड गर्ने, राहदानी जफत गर्ने लगायतका काम कारबाही गरेकाले असुरक्षित भएको महसुुस गरेको थियो । ठेकेदारले आफूले पाउनुपर्ने ३६ करोड रुपैयाँ सरकारले नदिएका कारण देखाउँदै गत पुस २ गते एकतर्फी ठेक्का रद्द गरेको थियो ।

Logo