जंगलको कालिज रेष्टुरेन्टमा (भिडियोसहित)

जंगलको कालिज रेष्टुरेन्टमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

कालिजको मासुले सबैको ध्यान तान्ने गरेको पाइन्छ । कालिज पहाडी क्षेत्रमा पाइने एक प्रकारको चरा हो । जंगलमा पाइने यो चरा संरक्षित पंक्षी हो । यसको मासु खान सजिलो छैन, तर अहिले काठमाडौंमै व्यवसायिक कालिज फर्म खोलेर यसको मासु बागबजारमा अवस्थित कालिज रेष्टुरेन्टमा पाइन्छ ।

यसको मासु एकदमै स्वादिलो र तिख्खर स्वादको हुन्छ । यसको मासु एकदमै तागतिलो हुन्छ , अझ जाडो मौसममा कालिजको मासु खाँदा एकदमै फाइदा गर्छ पनि भन्ने गरिन्छ ।

बिशेष गरी सुत्केरी महिला र युरिक एसिड भएकोले कालिजको मासु खाँदा राम्रो हुन्छ । प्रोटिनको राम्रो स्रोत भएकोले कालिजको मासु स्वास्थ्यको दृष्टिकोणले पनि एकदमै राम्रो हुन्छ ।

आज हामीले कालिजको मासुको परिकारका बारेमा देखाएका छौँ । कालिजको छोयला, भुटन, साँधेको, तास, ग्रेभी, सुप र फ्राई बनाएर खान सकिन्छ । त्यसमध्ये कालिज रेष्टुरेन्टको सेफ ज्ञानेन्द्र तिमल्सिनाले कालिजको फ्राई बानाएर देखाएका छन् । बाँकि भिडियोमा ।

Logo