डा. केसीसँग गरेका सम्झौता पालना गर : चिकित्सक संघ

डा. केसीसँग गरेका सम्झौता पालना गर : चिकित्सक संघ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल चिकित्सक संघले डा गोविन्द केसीको १६ औं अनसनमा सरकारले कुनै चासो नदेखाएको भन्दै ध्यानाकर्षण गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको बताएको छ ।

प्रधानमन्त्रीको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपाल राष्ट्रको इज्जत र प्रतिष्ठामाथी नै आँच पुग्न गएको नेपाल चिकित्सक संघको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनतालाई सर्व सुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि चिकित्सा शिक्षाका अभियन्तासँग सरकारले बारम्बार सम्झौता गर्ने, अनि सम्झौताको मसी सुक्न नपाउँदै सरकारकै तर्फबाट उल्लंघन गर्ने परिपाटीले सरकारको गरिमा र छवीमाथी गम्भिर शंका उत्पन्न गरेको विज्ञप्तिमा बताइएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo