सर्लाही
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका–१२ स्थितको जंगलखण्डमा रोकी राखेको रात्रीबसलाई ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी काठमाडौबाट इलाम जाने क्रममा ना ४ ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीका अनुसार दुर्घटनमा परी इलाम सुल्बुङ–७ बस्ने २७ वर्षीय गोविन्द साउदेन, सुनसरि ईटहरी उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीया विनिता राई र पर्सा वीरगंज उपमहानगरपालिका–१९ बस्ने ३५ वर्षीय रहिम मियाँको घटनास्थलमै मृत्यु भएको हो ।





























प्रतिक्रिया