गगनको गर्जन- ‘अरु सबै ठीक छ, बिरामीको मुटु चलेको छैन भन्न मिल्छ ?’

गगनको गर्जन- ‘अरु सबै ठीक छ, बिरामीको मुटु चलेको छैन भन्न मिल्छ ?’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले अनसनरत डा.गोविन्द केसीसँग भएको यसअघिका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता थापाले केसीको माग पूरा गर्ने विषयलाई प्रतिष्ठाको विषय या राजनीतिक लडाइको रुपमा नबुझ्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका सांसद थापाले केसीलाई सधै प्रतिपक्षको रुपमा देख्न नहुने बताए ।

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा डा.केसीका माग पूरा भएको भन्ने टिप्पणी मुटु चलेको छैन अरु सब ठिकठाक छ भनेजस्तो हो’ थापाले भने । दुई तिहाइ सरकारको नेतृत्व गरेको पार्टीले आफ्नो स्वार्थ पूरा गर्नका लागि हतारमा विधेयक पारित गरिएको उनले आरोप लगाए ।

संसदीय समितिबाट पारित भएर विधेयक संसदको पूर्ण बैठकमा पेश भइसकेको छ ।

Logo