प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास

प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन्। राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिन लागिएको हो।

त्यस अघि प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउन प्रदर्शनमा उत्रेका स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो ।  विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।

चोभार संरक्षण समितिको अगुवाइमा बिरोध कार्यक्रम आयोजना भएको हो।  समितिले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ।  तर सम्झौता बिपरित प्रधानमन्त्रीले बन्दरगाह निर्माणको शिलान्याय गर्ने कार्यक्रम तय भएकाले विरोधमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।

सन् १९७४ मा जर्मन सरकारको सहयोगमा निर्माण भएको हिमाल सिमेन्ट कारखाना सन् २००२ देखि बन्द थियो । तर चलचित्रको छायाँङकन बाहेक केही प्रयोजनमा नआएको उक्त कारखानामा अहिले सरकारले सुख्खा बन्दरगाह बनाउने योजना ल्याई काम अगाडि बढाएपछि विवाद चलेको हो । चरणबद्ध विरोधपछि प्रधानमन्त्री केपी ओलीले गत साउन ३० गते शिलान्यास गर्ने भनिएको कार्यक्रम स्थगित भएको थियो । सरकारले यसअघि पनि फोहोर फाल्ने डम्पिङ साइट या सुकुम्बासी आवास बनाउने योजना ल्याएको थियो । स्थानीय बासिन्दाले त्यसबेला पनि विरोध जनाएपछि सरकारले अन्तै विकल्प खोजेको थियो ।

Logo