काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई निर्देशन दिएका छन् । ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताले टुटल र पठाओ जस्ता प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएकोबारे चासो राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बुधबार राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभागीय मन्त्री महासेठलाई यस्तो निर्देशन दिएका हुन् ।
मोटरसाइकलमा पछाडि बसेर, साथी हिँड्यो कि श्रीमती हिँड्यो कि भाइ हिँड्यो कि को हिँड्यो । अब हरेकलाई रोकेर सोध्न थालेपछि मान्छे गन्तव्यमा पुग्दैन । रिसाउन थाल्छ, प्रधानमन्त्रीलाई उधृत गर्दै प्रेस संयोजक अधिकारीले भने, त्यस्ता खालका कुरामा सरसल्लाहबिना फ्याट फ्याट आदेश, निर्देशनहरुतिर नजाउँ । यो कहाँ कहाँबाट भएको छ, तुरुन्तै साथीहरूले चाँहि स्टप गर्नुहोस अहिले । जे व्यवस्था गर्नुपर्छ पछाडि गरौँला । तत् सम्बन्धमा कानुन हुनपर्यो, व्यवस्था हुनुपर्यो ।
उनले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएको भन्दै तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया