काभ्रेकी ९१ वर्षीया हजुरआमाको सम्झनामा ९० सालको विनाशकारी भूकम्प (भिडियो सहित)

काभ्रेकी ९१ वर्षीया हजुरआमाको सम्झनामा ९० सालको विनाशकारी भूकम्प (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वि.स. १९९० सालको विनाशकारी भूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाईएको छ । १९९० माघ २ गते अर्थात आजकै दिन विनाशकारी भूकम्प गएको थियो । त्यसले काठमाडौं उपत्यकामा नराम्ररी क्षति पुर्‍यायो भने पूर्वी नेपाललाई प्रभाव परेको थियो ।

९० सालको भूकम्पमा परेर नेपालमा आठ हजार जनाले ज्यान गुमाए । उक्त भूकम्प जाँदा काभ्रेको मण्डनदेउपुर-१० चण्डेनीमण्डनकी डम्बर कुमारी नेपाल ६ वर्षकी हुनुहुन्थ्यो ।

उक्त भूकम्प जाँदा उहाँमा धेरै कुरा स्मरण गर्न सक्ने क्षमता थिएन् । सानै उमेरकी भएकाले उहाँले भूकम्पबारे धेरै जानकारी पाउनु भएन । ९१ वर्षीया उहाँले त्यो भूकम्पलाई भयानक मानेका छन् ।

आफ्नो घर परिवारबाट उहाँले बेला बेला उक्त भूकम्पबारे जानकारी लिईराख्नुहुन्थ्यो । उहाँ २०७२ साल बैशाखमा गएको शक्तिशाली भूकम्पका पनि प्रत्यक्षभोगी हुनुहुन्छ ।

२०७२ सालको भूकम्पमा परेर उहाँकी एक छोरी च्यापिएर घाईते भईन् । छोरीको अहिले पनि उपचार जारी छ । ९० र ७२ सालको भूकम्पलाई उहाँले कसरी स्मरण गर्नुभयो । हेर्नुहोस तलको भिडियोमाः

Logo