बर्दिया । हत्या आरोप समात्न प्रहरीले गोली चलाएको छ । गोली चलाएर हत्या आरोपी युवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।
शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनलाई खोजेको थियो । उनको बर्दियामा प्रहरी टोलीसँग जम्काभेट भएको थियो । भाग्न खोज्दा गोली चलाईएको उनको खुट्टामा गोली लागेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।
पक्राउ गर्ने क्रममा उनले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको डिएसपी सिंहको भनाई छ । उनलाई उपचारको लागि कोहलपुर टिचिङ हस्पिटल लगिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।





























प्रतिक्रिया