प्रहरीको कुटाईबाट एक जना गम्भीर घाइते, आईसीयूमा उपचार हुँदैं

प्रहरीको कुटाईबाट एक जना गम्भीर घाइते, आईसीयूमा उपचार हुँदैं

केन्द्रबिन्दु
0
Shares

बाग्लुङ । प्रहरीको कुटाईबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्‍नेत गम्भीर घाइते भएका हुन् ।

उनको पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उपचार भईरहेको बस्‍नेतकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन्। बस्‍नेतको पिसाब नली फुटेको छ।

कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ । स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निघात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।

सोमबार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्‍नेतसहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरीबीच भनाभनपछि प्रहरीले कुटेका थिए ।

बस्‍नेत, खत्री र गैरेले मदिरा सेवन गरेको र प्रहरीले सोधपुछ गर्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शीको भनाई छ । कुटपिटमा संलग्न आरोप लागेका प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर तानिएको छ ।

Logo