विवेकशील साझाको पहिलो महाधिवेशन ०७६ फागुनमा

विवेकशील साझाको पहिलो महाधिवेशन ०७६ फागुनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन ०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । पार्टीको केन्द्रीय समितिको सोमबार र मंगलबार बसेको बैठकले पहिलो महाधिवेशनको मिति तय गरेको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

बैठकले १२ माघमा काठमाडौंमा देशभरिका पार्टी प्रतिनिधि सदस्यहरूसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’ आयोजना गर्ने र १३ माघमा राष्ट्रिय सभागृहमा ‘विवेकशील साझा अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै मधेसको भावना, चाहना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेस्रो हप्तादेखि विशेष ‘मधेस मिसन’ सञ्चालन गर्ने भएको छ । बैठकले पार्टीका एकजना संयोजकसहित केही सदस्य बाहिरिनुलाई अनपेक्षित र दुःखद घटना भनेको छ । पछिल्लो घटना कसरी घट्यो भन्ने बारेमा समीक्षात्मक रिपोर्ट तयार पार्न बैठकले पार्टी संयोजक रवीन्द्र मिश्रलाई जिम्मेवारी दिएको छ ।
नयाँ पत्रिकाबाट

Logo