एक लाख घुससहित रजिष्ट्रार पक्राउ

एक लाख घुससहित रजिष्ट्रार पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पैसासहित सहायक रजिष्ट्रार पन्थीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । एक विद्यालयको राजश्व बुझाउन पुगेका सेवाग्राहीसँग पन्थीले काठमाण्डौ १४ स्थित एनएमबी बैंङ्को पार्किङबाट सेवाग्राहीसँग घुस रकम लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो ।

उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Logo