देशका ४ सय ६९ स्थानीयतह डाक्टर विहिन

देशका ४ सय ६९ स्थानीयतह डाक्टर विहिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको सबै वडामा स्वास्थ्य संस्था र हरेक स्थानीय तहमा कम्तीमा एक डाक्टर पुर्‍याउने योजना अलपत्र छ । सात सय ५३ मध्ये चार सय ६९ तहका अस्पताल तथा स्वास्थ्य संस्थामा एउटै पनि डाक्टर छैनन् ।

सरकारी घोषणा कार्यान्वयन प्रक्रिया नै सुरु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको अध्ययनले पनि धेरै स्वास्थ्य संस्था डाक्टरविहीन रहेको देखाएको छ । कतिपय स्थानीय तहमा स्वास्थ्य संस्थाको संरचना नै छैन ।

डाक्टरलाई सुगममा मात्रै पठाउँदा दुर्गम क्षेत्रका स्थानीय तह चिकित्सकविहीन भएको मन्त्रालय स्रोत बताउँछ । विगतका नेतृत्वले दुर्गमका स्वास्थ्य संस्थामा चिकित्सक नपठाउँदा पनि अहिले समस्या बढेको हो । डाक्टर नभएका बाँकी स्थानीय तहमा सेवा उपलब्ध गराउन र स्वास्थ्य सेवा नपुगेका १२ सय वडामा सेवा विस्तार गर्न झन्डै एक अर्ब बजेट लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Logo