अनसनरत डा. गोविन्द केसीलाई अस्पतालमा सारियो

अनसनरत डा. गोविन्द केसीलाई अस्पतालमा सारियो

केन्द्रबिन्दु
0
Shares

अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई अस्पतालमा सारिएको छ ।

६ दिनदेखि इलामका धर्म गौतमको घरमा अनसन बरिरहेका केसीको मुटुको चाल अनियन्त्रित भएपछि जिल्ला अस्पतालमा सारिएको डाक्टर रामकृष्ण आचार्यले जानकारी दिए । केसीलाई अस्पतालको बहिरंग विभागमा राखिएको छ ।

डाक्टरहरुको टोलीले आइतबार गरेको स्वास्थ्य परीक्षणमा केशीको अवस्था कमजोर बनेको, शरीरमा ग्लुकोजको मात्रा घटेको र मुटुको चाल अनियन्त्रित भएकाले जिल्ला अस्पतालमा सार्नुपर्ने निष्कर्ष निकालेको थियो ।

यसैबीच, डाक्टर केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन आज पनि इलाममा र्याली निकालिँदैछ । सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औ पटक अनसन बसेका हुन् ।

Skip This
Skip This
Logo