विदेशमा प्रतिबन्धित औषधि नेपालमा बिक्री !

विदेशमा प्रतिबन्धित औषधि नेपालमा बिक्री !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ । तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ । भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ । औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन ।

खाद्य तथा औषधि व्यवस्थापन (एफडिए) अमेरिकाले भल्सार्टनयुक्त केही ट्याबलेटलाई क्यान्सरको कारक हुनसक्ने भन्दै वर्गीकरण गरेको छ । भल्सार्टनमा हुने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने विज्ञ बताउँछन् । ‘भल्सार्टनका केही ट्याबलेट अहिले पनि हाम्रो बजारमा उपलब्ध छन्,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने । ‘यी औषधि अन्य मुलुकमा प्रतिबन्धित छन् भन्ने कुरा हामीलाई जानकारी छैन,’ उनले भने ।

डिसेम्बर ३१ बाट अमेरिकाको औरोबिन्दो फार्माले ८० टलको एम्लोडिपिन भल्सार्टन, भल्सार्टन एचसिटिजेड र भल्सार्टन ट्याबलेट बजारबाट फिर्ता गरेर भण्डारण गर्ने घोषणा गरेको थियो । डिसेम्बर तेस्रो साता टिभा फर्मासिटिकलले उच्च रक्तचापका भल्सार्टन एम्लोडिपिन भल्सार्टन कम्बिनेसन ट्याबलेट र एम्लोडिपिन एचसिटिजेड ट्याबलेटलाई बजारबाट फिर्ता गर्ने घोषणा गरेको थियो ।
नागरिकबाट

Logo