मेलम्चीको ठेकेदार फेरि सम्पर्कविहीन : आयोजना निर्माणको काम अन्योलमा

मेलम्चीको ठेकेदार फेरि सम्पर्कविहीन : आयोजना निर्माणको काम अन्योलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मेलम्चीको पानी काठमाडौंसम्म ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेना हप्तादिन देखि सम्पर्कबिहीन भएको पाइएको छ ।

सुरुङ, स्थायी बाँध, पानी प्रशोधन केन्द्र लगायत निर्माणको मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौं आउने समय अझै लम्बिने भएको छ ।

मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गते यता आयोजना र ठेकेदारपक्षसँग संवाद नभएको प्रस्ट्याउनुभयो । गएको सोमबार नेपाल फर्किने भनेर ठेकेदार कम्पनीले नेपाल छोडेको थियो’, उहाँले भन्नुभयो– ‘त्यसको अघिल्लो दिन हामी आउँछौँ भनेर इमेल आएको थियो । त्यस यता न ठेकेदार आयो न इमेल नै ।’

बोर्डले समस्या समाधानका लागि कम्पनीका सीइओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेली नभए प्रतिनिधिलाई वार्तामा बोलाएको थियो । कम्पनीले आउने संकेत दिएको थियो । तर अहिलेसम्म उनीहरु नेपाल फर्किने/नफर्किने ठेगान छैन ।
नेपाल समाचारपत्रबाट

Logo