विवेकशील साझाको आन्तरिक कलह सतहमा : सदस्यहरु २ गुटमा विभाजित

विवेकशील साझाको आन्तरिक कलह सतहमा : सदस्यहरु २ गुटमा विभाजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विवेकशील साझा पार्टी भित्रका दुई गुटको आन्तरिक कलह सतहमा स्पष्ट देखिन थालेको छ । पार्टीको आगामी रणनीति, नेतृत्वको भुमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको पार्टीका नेताहरुले बताए ।

पुस ३० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका छन् । पार्टी नेताका अनुसार विवेकशील साझाका संयोजक मिश्र अर्का संयोजक थापाले हालै सार्वजनिक गरेको पार्टी समीक्षा प्रतिवेदनप्रति असन्तुष्ट छन् ।

थापाको प्रतिवेदनमा गतवर्ष आमनिर्वाचनपछि पार्टीले लिएको कार्यनीति गलत रहेको उल्लेख गरिएको थियो । अर्कोतिर थापा पक्षले भने पार्टीभित्र मिश्रपक्ष हावी रहेको निष्कर्ष निकालेको छ । मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ । ‘यसको मतलव अहिले मिश्र समूहले शक्ति केन्द्रीकृत गरेको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र समेत कमजोर हुँदै गएको छ ’ थापा निकट एक नेताले भने ।
नागरिकबाट

Logo