चौधरीलाई शपथ खुवाउन सरकारले बाध्य पार्‍यो : सभामुख महरा

चौधरीलाई शपथ खुवाउन सरकारले बाध्य पार्‍यो : सभामुख महरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई सरकारको दबावमा शपथ खुवाएको संघीय सांसदका सभामुख कृष्णबहादुर महराले स्पष्ट पारेका छन् । सरकारले बाध्य पारेकाले चौधरीलाई शपथ खुवाएको उनले बताए ।

आफूले शपथ नगराउने भन्दै गर्दा सरकारले कार्यकक्षामा नै चौधरीलाई ल्याएकाले बाध्य भएको महराले दाबी गरे । सरकारले ल्याएमा वा निर्वाचन आयोगले दिएको चुनाव जितेको प्रमाणसहित सभामुख कक्षमा आए शपथ गराउनु पर्ने प्रावधान रहेको उनले बताए । चौधरीलाई सपथ खुवाए पनि निलम्बित सांसद भएकाले अदालतमा मुद्दा चल्ने उनको भनाई थियो ।

यस्तै बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई शपथ गराइ पुनःथुनामा रहेको जानकारी गराएका छन् ।

यस्तै सभामुख महराले चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने सदनलाई जानकारी गरए । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २९ गते बस्नेछ ।
नयाँ पत्रिकाबाट

Logo