डीएनए टेष्ट गर्न निर्मलाकी आमाले दिईन् रगत

डीएनए टेष्ट गर्न निर्मलाकी आमाले दिईन् रगत

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको  ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमा दुर्गादेवी पन्तले रगत दिएकी छन्।

बलात्कारपछि हत्या गरिएकी निर्मलाको ‘भजाइनल स्वाब’ को नमुनामाथि प्रश्न उठेपछि बैधानिकता जांच गर्न लागिएको हो।

गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान उखुबारीमा भेटिएको थियो । घटनामा संलग्न रहेको आशंकामा थुप्रैको डीएनए टेष्ट जाँच गरिए पनि मिलेको छैन।  दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुगी प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै निवेदन दिएकी थिइन् ।

Logo