अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले केही दिनमा पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएकी छन्। मिडियाले आफुलाई निकै तनाव दिएको भन्दै राजदूत शेर्पाले कुटनैतिक मूल्य र मान्यताका कारण आफु मिडियामा नआएको प्रष्ट पारेकी हुन्।
आफुले मिडियामा बोल्न पाउँ भनेर स्वीकृति मागेको बताउदै उनले मिडियामा आए जस्तो अहिलेको सरकारसँग सौदावाजी नगरेको बताएकी छन्। शेर्पाले दाहाल सरकारले नोमिनेसन गरेर देउवा सरकारले निरन्तरता दिएको बताईन्। बुधबार अपरान्हसम्म राजिनाम नदिएको भए पनि मिडियाले मनपरी लेखेको भन्दै उनले भनिन,- “नेपाली मिडिया किन यति सामान्य कुरामा पनि चुक्छ ?”
अफुबिरुद्ध कहिँ कतै मुद्धा नपरेको र केही अपराध नगरेको भन्दै उनले कसैले कपोलकल्पित आरोप लगाएकै भरमा नानाथरि नलेख्न भनेकी छन्। जुन २०१७ मा भान्से र चालकको रुपमा वाङ्छु शेर्पालाई अष्ट्रेलिया लगेको र उनी छ महिना काम गरेपछि निवासबाट भागेको उनको दाबी छ। शेर्पालाई चार पाँच सय डलर तलबमा काम गर्ने गरि लागेको बताउदै उनले प्रोटेक्सन भिसाका लागि उसले आफुलाई आरोपित गरेको दाबी गरिन ।
राजदूत शेर्पाले सत्य तथ्य बुझिदिन भन्दै कपोकल्पित र भ्रमित पार्ने गरी गलत हल्ला नफैलाईदिन आग्रह गरेकी छन् ।





























प्रतिक्रिया